राष्ट्रियसभा बैठक बस्दै, सम्पत्ति शुद्धीकरण विधेयकमा छलफल हुने « Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, सम्पत्ति शुद्धीकरण विधेयकमा छलफल हुने


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौंराष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं– राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आव्हान गरिएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षणमुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्नेछिन् ।

दिगो व्यवस्थापन तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नेछन् । 

विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘खाध्ध अधिकार तथा खाध सम्प्रुभता सबन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन २१०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ । 

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायक व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सबन्धी केही एनलाइन संसोधन गर्न बनेको विधेयक २०७९’ माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् र उनले सो विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

साथै, राष्ट्रियसभा नियमावली, २०७५ को संसोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा (दोस्रो संसोधन नियमावली) २०८० माथि दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने लगत्तै ‘पारित गरियोस’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : १५ बजे

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले