लोमस फर्मास्युटिकल्सका दुई प्रकारका औषधि बिक्रीमा रोक « Khabarhub

लोमस फर्मास्युटिकल्सका दुई प्रकारका औषधि बिक्रीमा रोक


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित थप दुई प्रकारका औषधि न्यून गुणस्तरको फेला पारेको छ । 

विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा समस्या फेला पारेको हो । विभागले अहिले लोमसबाट उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको फेला पारेको हो । 

प्रयोगशाला परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएपछि ती औषधि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ । ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा  न्यून गुणस्तर पाइएको विभागले जनाएको छ । 

यसैगरी, विभागले परीक्षणका क्रममा फर्माको इन्टस्ट्रीज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरको देखिएको छ। सो औषधिको ब्याच नम्बर २२-०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ । खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ।  उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन भनिएको छ ।

विभागले माघ तेस्रो र चौथो सातामा लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप र पारासिटामोल न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ३६ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको