सुनसरीको भाण्टाबारीस्थित नेपाल-भारत सीमामा राखियो राष्ट्रिय झण्डा « Khabarhub

सुनसरीको भाण्टाबारीस्थित नेपाल-भारत सीमामा राखियो राष्ट्रिय झण्डा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

इनरुवा- नेपाल–भारतको सीमासँगै रहेको सुनसरीको मुख्य नाका कोसी–८ भण्टाबारीस्थित तीनकुनेमा आज राष्ट्रिय झण्डा राखिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राखिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

राष्ट्रिय झण्डा सबै नेपालीको मान, सम्मान एवं स्वाभिमान प्रतिबिम्बित गर्ने भएकाले आवश्यकताअनुसार निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । सीमा नाकामा देखिएको समस्या समाधान ध्यान केन्द्रित रहेका बेलामा जिल्ला सुरक्षा समितिले सुरु गरेको सीमा क्षेत्रको पैदलयात्राका क्रममा भारततर्फको सीमा क्षेत्रमा भारतको झण्डा भएको र नेपालतर्फको सीमा क्षेत्रमा झण्डा नभएका बेलामा राष्ट्रिय झण्डा राखिएको प्रजिअ अर्चायले बताए ।

आगामी दिनमा पनि सुनसरीका विभिन्न सीमा नाकामा राष्ट्रिय झण्डा राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रममा कोसी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाह, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ०० बजे

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

बेनी– सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्