आज २०८० साल चैत १९ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल चैत १९ गते सोमबारको राशिफल


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १९ गते सोमबार। तदनुसार सन् २०२४ अप्रिल १ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : आफन्तबाट सहयोग हुनेछ। रमाइलो यात्राको योग रहेको छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुमधुर बन्नेछ।

वृष : खराब व्यक्तिको संगत छोड्नु राम्रो हुन्छ। निर्णय गर्नु अगाडि धेरै सोच्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उत्साह देखिन्छ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

मिथुन : बुद्धिमतापूर्ण निर्णय भएमा सोचेको काम बन्नेछ। संगीत क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। पारिवारिक सम्बन्धमा सुमधुर बन्नेछ।

कर्कट : आफ्नो कामको निर्णय आफैंले गर्नुपर्ने दिन छ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य राम्रो छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनले खुशी दिनेछ।

सिंह : साथीले सहयोग गर्नेछन्। यात्राको योग रहेको छ। शिक्षामा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : खानामा विशेष ख्याल गर्नुपर्ने दिन छ। दबाब र प्रभावका कारण मन शान्त नहुनसक्छ। सबै क्षेत्र अनुकुल छन्। मनमा उत्साहा र उमंग बढ्नेछ। सहकार्यमा गरेको व्यापारले फाइदा हुनेछ।

तुला : शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारको साथ रहनेछ। मिठो खान पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : रोकिएका काम बन्नेछन्। मन खुशी हुनेछ। साथी र आफन्तसँगको भेट रमाइलो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। गुमेको धन हातलाग्ने योग छ। पारिवारिक सम्बन्ध राम्रो बन्नेछ। आफ्नो दक्षता र सीप अनुसारको काम गर्दा फाइदा हुनेछ।

मकर : खर्च बढ्ने योग छ। सञ्चित धनमा क्षति पुग्ने देखिन्छ। आफ्नै बोलीले आफन्त टाढा हुनसक्छन्। मन खुशी हुने काम दिउँसो बन्नेछ।

कुम्भ : सिर्जनात्मक काम गर्ने रुचि बढ्नेछ। :आर्थिक र शैक्षिक क्षेत्रमा समस्या देखिए पनि पारिवारिक क्षेत्र राम्रो देखिन्छ। सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मित्रसँग भेट हुनेछ। आजको भेटमा सुख र दु :खका कुरा हुनेछन्। यात्रा सफल हुनेछ। अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : २१ बजे

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको