साउदी अरबस्थित नेपाली राजदूतावासको स्पष्टीकरण « Khabarhub

साउदी अरबस्थित नेपाली राजदूतावासको स्पष्टीकरण


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

कामाडौं– साउदी अरबस्थित नेपाली राजदूतावासले कतिपय फाइल सदर गरेबापत रोजगारदाता कम्पनीहरूबाट रकम लिने गरेको आरोप लागेर आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो समाचारको खण्डन गरेको छ । 

उक्त दूतावासले विज्ञप्ति प्रकाशन गरी सो समाचारको खण्डन गरेको हो । समाचारमा यस विषयमा उजुरी परेको भनिएकामा यसप्रकारको उजुरी मन्त्रालय तथा सो नियोगमा समेत प्राप्त नभएको पनि स्पष्ट गरेको छ । 

नेपाली राजदूत नवराज सुवेदी, उपनियोग प्रमुख डा डमरुबल्लभ पौडेल र द्वितीय सचिव टीकाराम उपाध्यायको नाम राखेर आएको सो समाचार सत्य नभएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उक्त विज्ञप्तिमा नियोगमा यस प्रकारको कुनै उजुरी प्राप्त भएमा  नियमानुसार कारबाही गरी आवश्यक जवाफ पठाइने पनि जनाइएको छ । 

राजदूतावासले सीमित स्रोत र साधनका बाबजुद पनि सेवा दिइरहेको उल्लेख गर्दै सो विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरबमा रहेका नेपाली समुदायको सहयोग र समन्वयमा यस राजदूतावासले सीमित स्रोतसाधन तथा साउदी अरबको विशाल भूगोल, विषम हावापानी र भिन्न परिवेशका बाबजुद पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहजरूपमा राहदानी, कन्सुलर, उद्धार, आश्रयस्थल, बहिर्गमन भिसा, शव फिर्ता, बीमा तथा क्षतिपूर्ति दाबी र घर फिर्तीलगायतका सेवा दिइरहेको सबैमा सर्वविदितै छ ।’  

साथै दूतावासले मागपत्र प्रमाणीकरण, उद्धार, घर फिर्तीलगायतका कुनै पनि समस्या परेमा तत्काल समाधान गर्न नेपाली राजदूतावास रियादले इजाजत पत्रवालाहरुको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र यसका पदाधिकारी तथा वैदेशिक रोजगार विभागलगायतका सरोकारवाला निकायहरूसँग समयसमयमा अनलाइन अन्तरक्रिया गरी समाधान गर्ने गरेको पनि जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : २३ बजे

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा

१५ जना ‘स्मार्ट’ आमा सम्मानित

पाल्पा– पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे