क्युआर कोड स्क्यान गर्नुहुन्छ ? यस्ता छन् फाइदा « Khabarhub

क्युआर कोड स्क्यान गर्नुहुन्छ ? यस्ता छन् फाइदा


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजभोलि सानोदेखि ठुलो भुक्तानी वा विज्ञापनमा लगायतका कामहरू गर्नका लागि धेरैजसो ठाउँमा क्युआर कोडहरू राखिएका हुन्छन् । साइकल पसल होस् वा ठूला व्यापारिक स्टोर, जताततै क्युआर कोडको प्रयोग बढेको छ ।  विद्युतीय माध्यमबाट कारोबार हुने भएकाले यो निकै सहज, छरितो र विश्वसनीय माध्यम बनेको छ। पछिल्लो समय नेपाललगायत विश्वका अधिकांश देशमा पनि कारोबारको भुक्तानी क्युआर कोडबाट नै हुन थालेको छ ।

स्मार्टफोन प्रयोग गर्नेले वाईफाई कनेक्ट गर्नकै लागि भए पनि क्युआर कोड स्क्यान गर्ने गरिन्छ ।

क्युआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो । जापानको अटोमोबाइल उद्योगमा पहिलो पटक यसको प्रयोग गरेको मानिन्छ ।

सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्युआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ ।  जसलाई स्क्यान गर्दा ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्छ ।

क्युआर कोडका फाइदा

–  बैंकिङ कारोबारमा क्युआर काेर्डकाे प्रयोग गर्दा अकाउण्ट नम्बर वा कुनै डिटेल बिग्रिन पाउँदैन । अर्थात् स्वचालित स्क्यानिङले मानवीय त्रुटि कम गर्छ ।

–  क्युआर कोडका माध्यमबाट अहिले अर्बौँ, खर्बौँसम्मको रकम क्युआर कोडबाट हुँदा कागजी नोटको प्रयोगमा राज्यको खर्च कम हुन्छ ।

–  उपभोक्ता र सेवा प्रदायक दुवैको समय बचत हुन्छ ।

–  क्युआर कोड प्रणालीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ ।

–  पैसा हराउने समस्याबाट मुक्त भइन्छ ।

–  द्रुत स्क्यानिङले भुक्तानी प्रक्रियालाई गति दिन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ३ : ५७ बजे

सुकी रिहाइको लागि आसियानले गरेको आह्वान म्यान्माद्वारा अस्वीकार 

बैङ्कक– म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको

प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो

काठमाडौं- नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर

बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी