१३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने « Khabarhub

१३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ । 

एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार शिक्षकको पेसागत सहयोग कार्यक्रममार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिए। 

सार्वजानिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेका निमित्त निर्देशक हमालले जानकारी दिए।

सुर्खेत, दैलेख, डोल्पा, जुम्ला, कालीकोट र मुगुमा एक-एक विद्यालय छनोटमा परेका छन् भने जाजरकोट, सल्यान र रुकुमपश्चिममा दुई-दुई विद्यालय निर्माण गर्न छनोट गरिएको छ । 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : ५३ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध