नेप्सेमा ६.२६ अंकको गिरावट | Khabarhub Khabarhub

नेप्सेमा ६.२६ अंकको गिरावट


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेप्से ६.२६ अंकले घटेको छ । आज नेप्से घटेर २०१२.०७ अंकमा सीमित भएको छ ।

सोमबार ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५.७५ मा कारोबार भएका छन् । 

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४४ प्रतिशतले बढेको छ ।

त्यस्तै फल्स पावरको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोको ६.२७, अपर लाहोर खोला हाइड्रोको ६.१७ र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको कुल ४७ करोड २९ लाख १७ हजार ६३२ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : २० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका