नाउपाका केन्द्रीय सदस्यलाई रेशम चौधरीबाट आयो ज्यान मार्ने धम्की! « Khabarhub

नाउपाका केन्द्रीय सदस्यलाई रेशम चौधरीबाट आयो ज्यान मार्ने धम्की!


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबार काठमाडौंमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपिट भएको र हत्या गर्ने धम्की दिएको जनाएका छन् ।

विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण गरेको बताए । पार्टी कार्यालयभित्रै आफुमाथि कुटपीट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनले बताए ।

विश्वकर्माले २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अध्यावधिक समेत हुन नसकेको कुरा उठाउँदा पार्टी कार्यालयको सबै ढोका बन्द गरेर आफुमाथि आक्रमण भएको जिकिर गरे । सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरुको केहि घटनामा मृत्यु भए सबै दोष रेशम चौधरीको हुने उनले बताए ।

उनले भने– ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले र आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन ।’उनले आफुहरुमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध पनि गरे ।

आफुहरुमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जीता चौधरी नरहेको र घटना भएको करिब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको विश्वकर्माले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : ३१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको