कार्यवाहक अध्यक्षको विवादले तीन सातादेखि वडाको कामकाज ठप्प  « Khabarhub

कार्यवाहक अध्यक्षको विवादले तीन सातादेखि वडाको कामकाज ठप्प 


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको तामाकोसी गाउँपालिका-३ जफेमा कार्यवाहक वडा अध्यक्षको विवादका कारण तीन सातादेखि वडाको कामकाज ठप्प भएको छ ।

वडा नम्बर -३ का वडा अध्यक्ष राम प्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परे सँगै कार्यवाहक वडा अध्यक्ष बीचको विवाद नमिल्दा वडाको सम्पूर्ण कामकाज ठप्प भइ स्थानीय सेवाग्राही र विकास निर्माणका काम प्रभावित बनेको हो ।

अध्यक्ष काफ्ले निलम्बन परेको सोमबार २३ दिन पुगेको छ । तर लामो समयसम्म कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोक्न नसक्दा कार्यालयमा वडा अध्यक्षले गर्ने सम्पूर्ण काम ठप्प भएको छ ।

अध्यक्ष निलम्बन भएपछि कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीको विषयलाई लिएर वडा सदस्यबिच सहमति हुन सकेको छैन ।

वडा कार्यालयले पटक पटक छलफल गर्दासमेत निर्णय हुन नसकेपछि वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
वडा र गाउँपालिका कार्यालयको दुई हप्ता तालाबन्दीपछि गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीको उपस्थितिमा बुधबार चार जना वडा सदस्यलाई आलोपालो कार्यवाहक दिने सहमति गरिएको छ ।

सहमति अनुसार वडा सदस्यहरू प्रचण्डदिप कार्कीलाई चैत १४ देखि असार ३१ गतेसम्म, लिलामाण मोक्तानलाई साउन १ देखि असोज ३० गतेसम्म, देवी पोखरेललाई कार्तिक १ गतेदेखि पुस २९ गतेसम्म र विमला मिजारलाई माघ १ देखि चैत १ गतेसम्म कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको थियो । तर सदस्यहरूबिच अहिले पनि सहमति जुट्न नसक्दा कामकाज हुन नसकेको तामाकोसी गाउँपालिकाले जनाएको छ ।

वडा कार्यालयले शुक्रबार वडा सदस्यहरूलाई बैठकको लागि निमन्त्रणा गरिएता पनि वडा सदस्य लिलामाण मोक्तान र देवी पोखरेल बैठकमा उपस्थित नभएको वडा सदस्य प्रचण्डदिप कार्कीले बताए । कार्की भन्छन् ‘हामीले पटक पटक वडाको बैठक बोलाएका छौँ, उहाँहरूलाई निमन्त्रणासमेत गरेका छौँ, उहाँहरू बैठकमा उपस्थित हुनुहुन्न मोबाइल पनि बन्द छ ।’

सो गाउँपालिकाका अध्यक्ष केसी र वडा सदस्य मोक्तान एउटै राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि भएकाले गाउँपालिका अध्यक्ष नै समस्याको समाधान गर्नुपर्ने स्थानीयको भनाइ छ ।

लामो समयदेखि सो वडामा वडा अध्यक्षको सिफारिसमा हुने सम्पूर्ण काम ठप्प छ । खानेपानी योजना निर्माण समितिका अध्यक्ष यम बहादुर सार्कीले योजना सम्पन्न गरेको लामो समय बित्दा पनि  भुक्तानी नहुँदा समस्या भएको बताए । काम सम्पन्न भएको छ, सम्पूर्ण कागजपत्र लिएर वडामा आएको वडाको कामकाज ठप्प हुँदा भुक्तानी लिन सकिएन ।

कतिपय व्यक्तिगत काम, सिफारिस लिएर वडा पुग्ने स्थानीयहरूले पनि वडा अध्यक्षको कारण आफूहरू मारमा परेको बताउन थालेका छन् ।जफेका स्थानीय नागरिकता,सिफारिस,वैदेशिक रोजगारको काम लगायत स्थानीय विकास निर्माणका कामले वडा पुगे पनि वडामा वडा अध्यक्ष नहुँदा समस्या झेल्नुपरेको बताउँदै आएका छन् ।

यसैगरी, सोही वडाका रामजी भण्डारीले तीन  सातादेखि विवाह दर्ता गराउन नपाएको भाँडा आक्रोश व्यक्त गरे ।

तामाकोशी गाउँपालिका–३ जफेको जामुनेमा २०७८ सालमा सभा हल तथा शौचालय निर्माणमा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिति समेतको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै २०८० फागुन २७ गते अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

सुबास बस्नेत

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : ५७ बजे

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही