बिस्का जात्राको तयारी अन्तिम चरणमा | Khabarhub Khabarhub

बिस्का जात्राको तयारी अन्तिम चरणमा


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – यही चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न आयोजक र सरोकारवालाबिच छलफल भएको छ ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले आज यहाँ आयोजित छलफलमा बिस्केट जात्रा भक्तपुरको मात्र नभई सिङ्गो देशको कला, संस्कृति र ऐतिहासिकताको पहिचान भएको बताए । उनले जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नरगराउन आह्वान गरे ।

नगरप्रमुख प्रजापतिले भने, “२०८० चैत २७ देखि २०८१ वैशाख ५ गतेसम्म सञ्चालन हुने आठ रात नौ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएकाले निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्नुपर्छ ।”

छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा इन्जिनियरिङको हिसाबले पनि महत्वपूर्ण जात्राका रुपमा रहेको व्याख्या गरे ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्का जात्रा अवसर र चुनौती मिश्रित भएकाले शान्तिपूर्ण रुपमा सम्पन्न गर्नरगराउने सबैको दायित्व भएको बताए । उनले गुठी संस्थानको तालिकाअनुसार समयमै जात्रा सुरु गरी समयमै सम्पन्न गर्न आग्रह गरे।

प्रजिअ श्रेष्ठले बिस्का जात्राको समयमा जात्रा सञ्चालन हुने स्थानमा मदिराजन्य पदार्थको बेचबिखनमा रोक लगाउने र जात्रा अवधिभर शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले संवेदनशील भएर काम गर्ने बताए ।

छलफलमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार जात्रा सञ्चालन भएमा मर्यादित तथा शान्तिपूर्ण ढङ्गले जात्रा सम्पन्न गर्न सकिने बताए ।

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि रसरोकारवालाको उपस्थिति थियो ।

बिस्का जात्रा व्यवस्थापनबारे सबै निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाले जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रको सरसफाइ र व्यवस्थापन गर्ने भएको छ ।

जात्रा अवधिमा नगर क्षेत्रको शान्तिसुरक्षा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गुठी संस्थान शाखा कार्यालयले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारी भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रमा रहेको तार, केबुल र फाइबर नेटका केबुल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने निर्णय भएको छ । जात्रा अवधिमा नगरका सम्पूर्ण अस्पतालका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका सामान तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी सतर्क अवस्थामा राख्ने निर्णय गरिएको छ ।

जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरबासी र सङ्घसंस्थाको सहभागितामा यही चैत २७ गते बिहान सद्भाव ¥याली गर्ने निर्णय भएको छ । जात्रामा खानेपानी व्यवस्थापन काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल)लाई र विद्युत् प्रसारणमा कुनै किसिमको समस्या आउन नदिन नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : १४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः