आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै | Khabarhub Khabarhub

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ ।

यो दिवस हरेक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।

मजदुर आन्दोलन चर्कँदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्‍यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ ।

श्रमिक दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ५० बजे

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा

काठमाडौं- आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भुटानका

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका

आजका समाचार : कैलाश सिरोहियाको गिरफ्तारीदेखि मन्त्रीहरूको सम्पत्ति विवरणसम्म

कांग्रेसको नाराबाजीबीच संसद्‍मा नीति तथा कार्यक्रम टेबल प्रमुख प्रतिपक्षी नेपाली

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम ल्याइँदै 

जनकपुरधाम– किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष