भोलिदेखि कर्णालीमा औद्योगिक प्रदर्शनी « Khabarhub

भोलिदेखि कर्णालीमा औद्योगिक प्रदर्शनी


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– स्थानीय उत्पादको बजारीकरण गर्ने उद्देयले कर्णाली प्रदेशका दशवटै जिल्लामा भोलिदेखि तीन दिनसम्म औद्योगिक प्रदर्शनी हुने भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तर्गतका दशवटै जिल्ला कार्यालयमा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

कर्णालीमा लघु, घरेलु तथा साना उद्यमीबीच वस्तु तथा सेवाको उत्पादन, तिनको गुणस्तर, उत्पादित परिमाणका बारेमा सरोकारवालालाई सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि र बजारीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुने लागेको उक्त कार्यालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगितामा सुर्खेत उपत्यकाका २८ र उपत्यका बाहिरका २९ गरी ५७ उद्योग प्रदर्शनीमा भाग लिनेछन् ।

निर्देशक योगीका अनुसार प्रदर्शनीमा भाग लिने उद्योगीलाई अवलोकनकर्ताले छनोट गर्नेछन् ।

उनीहरूले गरेको छनोटका आधारमा उत्कृष्ट तीनलाई क्रमशः ४० हजार, २० हजार र ३० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ४९ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको