‘मनसरा’ को अग्रिम बुकिङ खुला  « Khabarhub

‘मनसरा’ को अग्रिम बुकिङ खुला 


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम बुकिङ बुधबारबाट खुला भएको छ । 

क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । काठमाडौंमा २८ र मोफसलमा ४१ शो दिइएको हो । त्यस्तै, वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।

बुधबार साँझसम्म देशभरका सम्पूर्ण हलमा अग्रिम टिकट बुकिङ खुला हुने निर्माण पक्षले जनाएको छ । 

प्रवीण खतिवडा, दयाहाङ राई, मेनुका प्रधान र मिरुना मगरको मुख्य भूमिका रहेको यो फिल्म वैशाख २१ गते (शुक्रबार) बाट प्रदर्शनमा आउँदै छ । 

कबड्डी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : ३४ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,