अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन « Khabarhub

अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव भएको छ ।

विश्वविद्यालयमा १०० भन्दा बढी प्रहरी प्रवेश गरेपछि तनाव भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् । उनीहरू र्‍याम्प प्रयोग गरेर विश्वविद्यालयको ह्यामिल्टन भवनमा झ्यालबाट प्रवेश गरेको र उनीहरूले भवनलाई आन्दोलनकारीबाट मुक्त गराएको बताइएको छ ।

इजरायल विरोधी प्रदर्शनकारीहरूले सोमबार राति विश्वविद्यालयको भवन ह्यामिल्टन हललाई कब्जा गरेका थिए । न्यूयोर्क टाइम्सका अनुसार उनीहरूले विश्वविद्यालयको फर्निचर र भेन्डिङ मेसिनसहित भवनको गेट अवरुद्ध गरेका थिए ।

झ्यालहरूमा अखबारहरू टाँसिएको थियो, ताकि भित्र केही देख्न नसकोस् । त्यसपछि उनले झ्यालबाट प्यालेस्टाइनको झण्डा फहराए । प्रदर्शनकारीले प्यालेस्टाइनको स्वतन्त्रताको लागि नारा समेत लगाएका थिए । 

यसपछि प्रदर्शनकारीहरूले विश्वविद्यालय भवनको नाम ह्यामिल्टनबाट ‘हिन्द हल’ राख्ने घोषणा गरेका थिए । वास्तवमा, हिन्द रजब गाजामा बस्ने ६ वर्षीया बालिका थिइन्, जसको इजरायली आक्रमणमा मृत्यु भएको थियो । आन्दोलनकारीले विश्वविद्यालयका धेरै ठाउँमा तोडफोड समेत गरेपछि प्रहरी बोलाउन बाध्य भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

प्रहरी ह्यामिल्टन हल कब्जा गरेको करिब २० घण्टापछि विश्वविद्यालय पुगेको थियो । सीएनएनका अनुसार प्रहरीले कोलम्बिया विश्वविद्यालय र सिटी कलेजमा करिब १०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। उनलाई अहिले विश्वविद्यालयबाहिर बसमा राखिएको छ । विश्वविद्यालयले जेठ १७ गतेसम्म क्याम्पसमा बस्न प्रहरीलाई आग्रह गरेको छ ।

विश्वविद्यालय प्रवेश गरेको २ घण्टाभित्रै प्रहरीले ह्यामिल्टन भवनलाई प्रदर्शनकारीहरूबाट मुक्त गराएको थियो । यद्यपि उनीहरूले प्रदर्शनकारीहरूलाई पक्राउ गर्न शहरका अन्य क्षेत्रहरूमा अझै अनुसन्धान गरिरहेका छन् ।

अमेरिकाका विभिन्न विश्वविद्यालयमा अहिले इजरायल विरोधी प्रदर्शन लगातार भइरहेका छन् । अहिलेसम्म प्रहरीले प्रदर्शनमा सहभागी भएका एक हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको सिएनएनले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : १९ बजे

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको

अण्डाको मूल्य घट्यो

चितवन– क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु