पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु « Khabarhub

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु भएको छ ।

नक्सालस्थित प्रतिष्ठानमै आयोजित कार्यशालाको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरे। उनले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यसको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका थिए । 

कुलपति हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनमा यसको ‘कन्टेन्ट’, ‘कन्सेप्ट’, ‘टुल्स’ तथा ‘टेक्निक’को विषयबारे आफ्नो धारणा राख्दै सामाजिक रूपान्तरणका लागि यो कलाको सौन्दर्यशास्त्र तथा सौन्दर्य कलाको संयोजन गरी ‘कल्चरल गाइडलाइन’का आधारमा  कला सिर्जना हुनुपर्ने बताए। 

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कार्यशाला विशेष रहेको र कार्यशालामा सहभागीलाई यसको अवधारणाका बारेमा ध्यान दिन आग्रह गरे। उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताए।

कार्यक्रमका सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले  भिडियो आर्ट इन्स्टलेसनको विश्व ऐतिहासिक पृष्ठभूमि तथा नेपालमा यस कलाको सुरुवात सन् १९८७ मा ‘फस्र्ट एनिमेसन आर्ट वर्कसप’सँगै भएको र तत्पश्चात् यसको चरणबद्ध विकासको विस्तृत व्याख्या गर्दै कार्यशालामा सहभागी कलाकारहरूलाई भिडियो आर्ट इन्स्टलेसनसम्बन्धीे प्राविधिक ज्ञान तथा अवधारणा विकासलगायतका विषयमा जानकारी दिए  ।

शुक्रबारसम्म सञ्चालन हुने कार्यशालामा डिभा लिम्बू, सविना तामाङ, सरिना लामिछाने, करिमा जोशी, सुशीला मोक्तान, क्रिस्टोफरमान सिंहले सहभागिता जनाएका छन्।  

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ०१ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान