ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट  « Khabarhub

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्तीमा सडक पुगेका छन् तर ग्रामीण क्षेत्रबाट बसाइँ सरेर बजार झर्नेको सङ्ख्या घटेको छैन । 

दिनप्रति दिनको बसाइँसराइले गाउँ रित्तिन थालेको छ । बसाइँसराइलाई रोक्नका लागि नगरपालिकाले ग्रामीण सडकहरू स्तरोन्नति गरी गाउँमै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । नगरपालिका स्थापना हुन पूर्व नै गलकोटमा धेरै सडक ट्रयाक खुलेका थिए । विसं २०७३ अगाडि तीन सय ३० किलोमिटर ग्रामीण सडकको ट्रयाक खुलेको थियो । सात वर्षको अवधिमा एक सय ५७ किलोमिटर थप सडक ट्रयाक खुल्यो ।

नगरपालिकाभर नयाँ र पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक छन् । ती सबै सडकलाई प्राथमिकताका आधारमा पालिकाले स्तरोन्नति गर्न थालेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीका अनुसार ११ वटै वडाको सबै बस्तीमा सडक पुगेको हुँदा अब नयाँ ट्रयाक खोल्ने काम रोकिएको छ । 

यस वर्ष हटिया-हरिचौर-ताराखोला सडक, हटिया बजारदेखि कोटघर सडक र नरेठाँटी-दुदिलाभाटी सडक कालोपत्र गर्न थालिएको भण्डारीले बताए । मल्म-पाण्डवखनी, रँगेनी-तोरीखोला-ठानामजुवा सडक र हरिचौर-टेउवालगायत पालिकाभरका २० वटा सडक चालु आर्थिक वर्षमा स्तरोन्नति भइरहेको उनले जानकारी दिए।

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सडक गुरुयोजना बनाएर काम गर्न थालेको बताए । अघिल्लो वर्षदेखि नै पालिकाभरिका सडक बाह्रै महिना सञ्चालन हुने स्तरको बनाइएको र अब कालोपत्र गरिने उनको भनाइ छ । 

प्रमुख गैरेका अनुसार विसं २०७४ साल यता ११ किलोमिटर ढलान तथा कालोपत्र, ६५ किलोमिटर ग्राभेल, पाँचवटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण भएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग गलकोटमा करिब ४५ किलोमिटर फैलिएको हुँदा यसले यातायातमा ठूलो टेवा पुर्‍याएको छ ।

नगरपालिकाले सडकलाई स्तरोन्नति गर्न थालेपछि यात्रा र सामान ढुवानीमा सहज भएको गलकोट नगरपालिका-६ का वीरबहादुर खत्रीले बताए । अघिल्लो वर्षसम्म थुप्रै सडक साँघुरा र अप्ठ्यारा हुँदा यात्रा गर्न निकै कठिन हुने गरेको थियो ।

 अहिले धेरै सजिलो भएको खत्रीको भनाइ छ । सडक स्तरोन्नतिपछि गाडी भाडासमेत घटेकोमा स्थानीयवासी खुसी भएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : ३० बजे

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन

मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प

चितवन – मुग्लिङ-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र