प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ « Khabarhub

प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासनविना समृद्धि प्राप्त गर्न नसकिने बताएका छन् ।

नेपाल समाजवादी पार्टीले मजदुर दिवसका अवसरमा बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूले माओवादीमा हुँदा, नयाँ शक्ति पार्टी बनाउँदादेखि अहिलेसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति देशमा चाहिने मुद्दा उठाउँदैको आएको पनि भट्टराईले तर्क गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेसपाकै केही नेताहरूले बाबुरामले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति मागेको भनेर लगाएको आरोपको खण्डन गरे ।

बाबुरामले प्रधानमन्त्री प्रचण्डलाई प्रत्यक्षकारी राष्ट्रपतिका लागि तयार हुन पनि चुनौती दिएका छन् ।

‘माओवादी हुँदादेखि आजसम्म कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको छु । त्यस्तो मान्छेले कसैसँग एउटा पदका लागि हात थापेर हिँड्छ त ?’, उनले भने, ‘म चुनौती दिन्छु ती मान्छेलाई। हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाऊँ, प्रत्यक्ष कार्यकारीमा गएर चुनाव लडौँ, तिमीहरुको तर्फबाट को मैदानमा आउँछ, बाबुराम भट्टराई चुनाव लड्न तयार छ । नेपाली जनताले त्यसबेला फैसला गर्नेछन् ।’

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : २७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली