प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ « Khabarhub

प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासनविना समृद्धि प्राप्त गर्न नसकिने बताएका छन् ।

नेपाल समाजवादी पार्टीले मजदुर दिवसका अवसरमा बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूले माओवादीमा हुँदा, नयाँ शक्ति पार्टी बनाउँदादेखि अहिलेसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति देशमा चाहिने मुद्दा उठाउँदैको आएको पनि भट्टराईले तर्क गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेसपाकै केही नेताहरूले बाबुरामले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति मागेको भनेर लगाएको आरोपको खण्डन गरे ।

बाबुरामले प्रधानमन्त्री प्रचण्डलाई प्रत्यक्षकारी राष्ट्रपतिका लागि तयार हुन पनि चुनौती दिएका छन् ।

‘माओवादी हुँदादेखि आजसम्म कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको छु । त्यस्तो मान्छेले कसैसँग एउटा पदका लागि हात थापेर हिँड्छ त ?’, उनले भने, ‘म चुनौती दिन्छु ती मान्छेलाई। हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाऊँ, प्रत्यक्ष कार्यकारीमा गएर चुनाव लडौँ, तिमीहरुको तर्फबाट को मैदानमा आउँछ, बाबुराम भट्टराई चुनाव लड्न तयार छ । नेपाली जनताले त्यसबेला फैसला गर्नेछन् ।’

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : २७ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा