बाबुरामको गुनासो : प्रचण्डले गोरखाबाट जितेपछि धोका दिए, सत्तामोहमा डुबे « Khabarhub

बाबुरामको गुनासो : प्रचण्डले गोरखाबाट जितेपछि धोका दिए, सत्तामोहमा डुबे


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा चरम सत्तामोह देखिएको गुनासो गरेका छन् ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकैसँग पनि समीकरण गर्ने र तोड्ने गरेको आरोप लगाए ।

माओवादी आन्दोलनका केही नेताहरूको आग्रहमा प्रचण्डलाई २०७९ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा आफूले छाडेर सहयोग गरेको पनि उनले बताए ।

आफूले साथ दिएकैले प्रचण्डले गोरखा २ बाट जित्न सफल भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बताए । तर चुनाव जितेपछि प्रचण्डले खोला तर्यो लौरौ बिर्स्यो जस्तो व्यवहार देखाएको जिकिर पनि उनले गरे ।

भट्टराईले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केही व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चुनाव चिन्ह लिएर निर्वाचन लडेको बताए ।

पार्टीले नयाँ बाटो तय गरेको भन्दै देशलाई विकल्प दिएरै छाड्ने जिकिर पनि उनले गरेका छन् । पुराना शक्तिहरूलाई जतिसुकै दया-माया गरे पनि उनीहरू सच्चिने सम्भावना नरहेको पनि उनले बताएका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थिरता र सुशासन कायम हुनै नसक्ने उनले ठोकुवा गरे ।

अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणासमेत उनले गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ४५ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले