दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते « Khabarhub

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।

मेजियु शहर र दाबु काउन्टीबीचको एस-१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए । 

उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ । 

स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ । 

अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ०९ बजे

जोडी मिलाउने डेटिङ एप, २६५ जोडीले गरे विवाह

टोकियो– जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका

कैलाली– कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि