नेपाल र भुटानबीच पर्यटन, ऊर्जा र कृषि विकास साझेदारीबारे छलफल | Khabarhub Khabarhub

नेपाल र भुटानबीच पर्यटन, ऊर्जा र कृषि विकास साझेदारीबारे छलफल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।

भेटवार्ता क्रममा दुई देशबीच पर्यटन, ऊर्जा र कृषि विकासका अनुभव आदानप्रदान गर्ने तथा द्विपक्षीय सहकार्य विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । भुटानी प्रधानमन्त्री तोग्बेले नेपालले तयार गर्दै गरेको सोह्रौं योजनाबारे पनि चासो राखेका बताइएको छ ।

आयोग उपाध्यक्ष श्रेष्ठ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ५५औं गभर्नर अफ बोर्ड बैठकमा भाग लिन मंगलबार थिम्पु पुगेका थिए ।

इसिमोडको बोर्ड सदस्यमा नेपालसहित चीन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, म्यानमार र पाकिस्तान छन् । बोर्ड अफ गभर्नर बैठकले २०२३ को वार्षिक प्रगति समीक्षा र २०२५/२६ को बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।

८ देश सदस्य रहेको इसिमोडको प्रधान कार्यालय काठमाडौंमा छ । श्रेष्ठ आजै काठमाडौं फर्कनेछन्‌ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ३३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि