छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-२८ पुतली सडकमा बा.२१ च ६४४८ नम्बरको पिकअप गाडी र बा.प्र०२-०२७ प ८२८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-१२ बस्ने २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, धनुषाकाे मिथिला नगरपालिका-२ नक्टाझिजस्थित सडकमा बिग्रेर रोकी राखेको प्र.२- ०१-००१ क ०१६० नम्बरको टिपरमा म.प्र.०१-००४ प ७५०० नम्बरको मोटरसाइकल ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

नवलपरासी पश्‍चिमकाे प्रतापपुर गाउँपालिका-५ धर्मौलीस्थित डायमण्ड इंगलिस बोर्डिङ स्कुलको लु.१ क १०८१ नम्बर बसबाट लडेर सोही स्कुलको युकेजीमा अध्ययनरत ७ वर्षीय अमन धोबीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

बसबाट झर्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीकाे गोदावरी नगरपालिका-४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका-३ मालिका टोल बस्ने ४५ वर्षीय दीपक सिजापतिको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ४६ बजे

आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आमाको स्वास्थ्य राम्रो भए मात्रै राष्ट्र

एमालेको महिला भेला सुरु, यस्तो छ आन्दोलनसम्बन्धी दस्तावेज

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महिला भेला सुरु भएको छ । एमालेले

बनेपामा ट्रकले चारवटा गाडीलाई ठक्कर दियो, क्षतिको विवरण आउन बाँकी

काठमाडौं- काभ्रेपलाञ्चोकको बनेपा बजारस्थित जनागालमा नम्बर नखुलेको एउटा ट्रकले बुधबार

ब्लेडले चिरेर आत्महत्या रोजेका ट्याक्सीचालकका छोरा भन्छन्- दक्षिणकालीलाई पानी चढाएर घाँटी रेट्न थालें

गरिबीको पहाड उभ्याएर दुई सन्तानलाई आत्महत्याका लागि उक्साउँदै ब्लेडले घाँटीको

देउवाले उपेन्द्र र महन्थलाई बुढानीलकण्ठ बोलाए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलका