यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण « Khabarhub

यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समुहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । 

यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तिमा सोह्र जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गरेका थिए । 

हुथी नियन्त्रित च्यानल अल मासिराह टेलिभिजनले बिहीबारको आक्रमणको नतिजा खुलासा गर्दै होदेइदाहमा घाइते नागरिकको उपचार भइरहेको फुटेज प्रसारण गरेको थियो । उक्त आक्रमणमा कम्तीमा बयालिस जना घाइते भएको बताइएको छ । 

बेलायती प्रधानमन्त्री ऋषि सुनाकले आक्रमणलाई ‘हुथी विरुद्धको आत्मरक्षाको एकरूप’ रहेको बताए। 

इरान समर्थित हुथी समुहलेले पश्चिमी समर्थित र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लगभग एक दशकको द्वन्द्वपछि यमनको महत्त्वपूर्ण भागलाई नियन्त्रण गरेको हो । गाजामा इजरायलको चलिरहेको द्वन्द्वबीचमा उनीहरूले प्यालेस्टिनीलाई समर्थन गरेका छन् । 

उनिहरुले नोभेम्बरदेखि लाल सागर, बाब अल–मन्डेब जलडमरूमध्यएडनको खाडीमा जहाजमा बारम्बार ड्रोन र मिसाइल आक्रमण सुरु गरेका छन् । 

इरानले अमेरिका–बेलायतको आक्रमणलाई ‘यमनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लङ्घन’ भएको निन्दा गरेको छ । 

अमेरिकी समुद्री प्रशासनका अनुसार हुथीले ढुवानी जहाजमा पचासभन्दा बढी आक्रमण गरेका छन्, जसको परिणामस्वरूप हताहत, जहाज कब्जा र विश्वव्यापी व्यापार मार्गमा अवरोध आएको छ । हुथीले ढुवानी कम्पनीलाई वैकल्पिक मार्ग खोज्न बाध्य पारेका छन् । जसका कारण लाल सागर पार गर्ने विश्वव्यापी व्यापारको लगभग बाह्र प्रतिशतलाई असर गरेको छ । 

हुथीको क्षमतालाई घटाउने उद्देश्यले अमेरिका र बेलायतले संयुक्त हमला गरे पनि विद्रोहीले आफ्नो आक्रमण जारी राखेका छन् । आफ्नो पछिल्लो कारबाहीमा उनीहरूले गाजामा इजरायली आक्रमणको प्रतिक्रियामा ग्रिसको स्वामित्वमा रहेको ढुवानी जहाज र अन्य जहाजलाई आक्रमण गरेको अल जजिराले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  २ : ५२ बजे

बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ अहिले मन्त्रिपरिषद्को बैठकमा भाग लिन प्रधानमन्त्री

गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

सयोल- उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र

‘बफिन्स ९८’ले ल्यायो ‘हाम्रो आवाज’

काठमाडौं – पोखरको सांगीतिक समूह ‘बफिन्स ९८’ले नयाँ गीत ‘हाम्रो

के हो प्रसूति हिंसा, कसरी न्यूनीकरण गर्ने ?

काठमाडौं- राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति

किसानको बारीबाट किनेको भन्दा पाँच गुणा महँगोमा बेचिँदै केरा

काठमाडौं– नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप