कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने   | Khabarhub Khabarhub

कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने  


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंसङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ । जिल्ला ब्याडमिन्टन संघले खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले जनही ६० हजार नगद पाउने छन् ।

उपविजेताले ३५ हजार रुपैयाँ पाउने संघका अध्यक्ष राजु श्रेष्ठले बताए । भेट्रान्सतर्फका विजयीले भने जनही ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ६ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका