अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द | Khabarhub Khabarhub

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

नगर शिक्षा समितिको आजको बैठकले जेठ २२ गतेबाट सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गएको सो शाखाका प्रमुख नारायण खनालले बताए।

बर्खे बिदाबाट कट्टा हुनेगरि सबै विद्यालयको प्रशासनिक कार्य गर्न-गराउन बाधा नपर्ने गरी पठनपाठन कार्यमात्र बन्द गरिएको मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए ।

बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने शिक्षा शाखा सुपरीवेक्षक खनालले जानकारी दिए ।

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए। उनी अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् ।

गर्मीका कारण ‘लू’ लागेका, झाडापखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए । बालबालिकामा शरीरभर रातो बिबिरा आउने, बिबिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ७ : ५३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि