म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि | Khabarhub Khabarhub

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो तीन अङ्कले अग्रता लिँदै घरेलु टिम म्याग्दी च्याम्पियन भएको हो ।

शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार अग्रता लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ काविरुद्ध ९० अङ्क प्राप्त गर्दै उपाधि विजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङले ८६ अङ्क बटुल्यो ।

म्याग्दीले नगद रु ७५ हजार, कास्कीले नगद रु ५० हजार र मुस्ताङले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा म्याग्दी ‘ए’का विकल जुग्जाली सर्वश्रेष्ठ धर्नुधर घोषित हुँदै नगद रु पाँच हजार, विशिष्ट धर्नुधर भएका मुस्ताङका एरवेज गर्वुजाले नगद रु तीन हजार प्राप्त गरे ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषद्का सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, म्याग्दी खेलकुद विकासका अध्यक्ष दिनेश केसी, परिषद्का लेखा प्रमुख नीलकण्ठ ढकाललगायतले संयुक्त रूपमा नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न छ जिल्लाका ४२ जना खेलाडीको सहभागिता रहेको थियो । यसैगरी आज बेनीमा भएको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङ्जाका दुजिक थापामगर विजेता भए ।

बेनीको खुल्लामञ्च खेलमैदानमा सम्पन्न प्रतियोगितामा १४ दशमलव ३१ मिटरको दूरी फाल्दै थापा विजेता बनेका हुन् । यसैगरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो बने । उनले १४ दशमलव २६ मिटरको दूरी फाले भने पर्वतका राजेन्द्र हमालले १३ मिटरको दूरी फाल्दै तेस्रो बने ।

च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे । प्रतियोगितामा विभिन्न जिल्लाका १५ जना खेलाडीको सहभागिता थियो ।

गण्डकी प्रदेशअन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरूको संरक्षण, प्रवर्द्धन र जर्गेना गर्न परिषद्ले विगत तीन वर्षदेखि लगातार यस प्रकारका प्रतियोगिता आयोजना गर्दै आएको छ ।

विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै बेनी नगरपालिकाका प्रमुख सुरतबहादुर केसीले समग्र म्याग्दीको खेल विकासका लागि यस प्रकारका प्रतियोगिता महत्वपूर्ण हुने जनाउँदै स्रोत अभावका कारण नगरमा धेरै खेल पूर्वाधार निर्माणकार्य अधुरो रहेको बताए । उनले नगरमा खेलकुदको विकासका लागि आफूले सक्दो प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १० : १२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः