देशका राजमार्ग ९ स्थानमा अवरुद्ध, २८१ खण्डमा एकतर्फी « Khabarhub

देशका राजमार्ग ९ स्थानमा अवरुद्ध, २८१ खण्डमा एकतर्फी



काठमाडौं– लगातार पानी पर्दा चलेको बाढी, पहिरो र अन्य कारण देशका प्रमुख राजमार्ग ९ स्थानमा अवरुद्ध भएको छ । विभिन्न सडक तथा राजमार्गका २८१ खण्डमा आवागमन एकतर्फी छ ।

सडक विभागका अनुसार लगातार वर्षा हुँदा बाढी र पहिरो लगायतका कारणले सडक अवरुद्ध भएको हो । यो वर्षको सुरुदेखि अवरुद्ध भएका कुल ५४६ मध्ये २५६ अवरोध हटाएर सवारीसाधन आवागमनयोग्य बनाइएको विभागले जानकारी दिएको हो ।

विभागले अद्यावधिक गरेको पछिल्लो सडक सञ्चालनका अवस्था हेर्दा सडक तथा राजमार्गका २५६ स्थानमा  मात्र दुईतर्फी सञ्चालनमा छन् ।

यतिखेर कर्णाली राजमार्ग अन्तर्गत जमुनाह–कोहलपुर, सुर्खेत–खुलालु–हिल्सा सडक, साँफेबगर–मार्तडी–कोल्टी सडक अवरुद्ध छ । यसैगरी पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुली र रामेछापका विभिन्न तीन ठाउँमा सडक अवरुद्ध छ ।

त्यस्तै, बाढीका कारण विभिन्न ६ वटा पुलमा सवारीसाधन आवागमन बन्द छ । पुष्पलाल राजमार्ग अन्तर्गत ओयामखोला पुल, फलामे खोला पुल, नुवाखोला पुल, हेवाखोला पुल, इकुवाखोला पुल, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  महेन्द्रनगरमा सुदाखोला पुल अवरुद्ध हुँदा यातायात आवागमन अवरुद्ध हुन पुगेको सडक विभागले जनाएको हो ।

बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको अनुमान छ । ६ वटा पुलमा २९ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको सडक विभागले आकलन गरेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ३२ बजे

भिजिट भिसा प्रकरण : रमेश लेखकका दुई सचिवको अध्यागमनका अधिकारीसँग अस्वभाविक सम्पर्कको खुलासा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा बिहीबार मुद्दा

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट

फाइनल खेल्न लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ३ जना

साधारण जोनलाई भीआइपी भनेर टिकट महँगो बनाएपछि…

काठमाडौं– एनपीएल-२: दोस्रो क्वालिफायर खेलमा बिना जानकारी साधारण जोनलाई भिआइपी