आज २०८१ साल असार १७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १७ गते सोमबारको राशिफल


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १७ गते सोमबार तदनुसार सन् २०२४ जुलाइ १ तारिख। असार कृष्ण पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : नयाँ ठाउँको यात्रा तय हुनेछ। आफन्त र साथीको सहयोग मिल्नेछ। नियमित खानपानमा समस्या हुँदा रोग बढ्ने हुनसक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। कृषि क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। मनमा उत्साह बढ्नाले रोग मुक्त हुने योग छ। परिवारलाई समय नदिँदा मनमुटाव हुनसक्छ।

मिथुन : सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। साथीभाइको काम गर्न पाउँदा मन खुशी हुनेछ। न्यायपूर्वक गरेको कामबाट फाइदा हुनेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

कर्कट : गोपनीयतामा ध्यान नदिँदा अवरोध सिर्जना हुनेछ। पुरानो रिस बोकेर हिँड्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। शान्त भएर आफ्नो काममा लागेमा सफलता मिल्नेछ। समस्याको समाधान आफै खोज्नुपर्नेछ।

सिंह : तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। परिवारमा मेलमिलाप रहनेछ। राजनीतिक क्षेत्रमा भने विवाद हुने जोखिम छ। वैदेशिक रमझमले आकर्षण गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : निर्णय क्षमतालाई दरिलो बनाउनु राम्रो हुनेछ। सामाजिक कार्यमा विशेष रुचि बढ्नेछ। राजनीतितर्फ मन आकर्षित हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। न्यायिक क्षेत्रमा हुने खटपटीले तपाईंलाई फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। नयाँनयाँ अवसर प्राप्त हुनेछन्।

वृश्चिक : अनावश्यक यात्रामा निस्कनुपर्ने हुनसक्छ। तपाईंको कुरा काट्ने सक्रिय छन्। धार्मिक क्षेत्रमा झुकाव रहनेछ। परिवारमा शान्ति मिल्नेछ। मन शान्त बन्नेछ। नयाँ नयाँ योजनामा लगानी गर्दा फाइदा हुनेछ।

धनु : क्षमता प्रदर्शन गर्ने दिन हो। पदको दायित्व बोध हुनाले मनमा शान्ति मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारबाट रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

मकर : आफन्तले असहयोग गर्नेछन्। बहुमतका आधारमा तपाईंको विजय निश्चित हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए सफल बन्नेछ। परिवारको माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दैनिक कार्यमा समस्याको सुरुवात हुनेछ। शान्त बसेर समस्याको समाधान खोज्नु राम्रो हुन्छ। शनि देवको पूजापाठ गरेमा संकट टर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मीन : परिणाममुखी काम गर्ने बेलामा ढिलासुस्ती बढ्नेछ। बोलीका कारण विवाद बढ्नसक्छ। न्यायपूर्वक गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : १३ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री