युरोकप २०२४ : इंग्ल्याण्ड र स्पेन क्वार्टरफाइनलमा | Khabarhub Khabarhub

युरोकप २०२४ : इंग्ल्याण्ड र स्पेन क्वार्टरफाइनलमा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत उपाधि दावेदार इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति वेल्टिन एरिनामा भएको खेलमा स्लोभाकियालाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड (अन्तिम ८) क्वार्टरफाइनलमा पुगेको हो ।

इंग्ल्याण्डका लागि ह्यारी केन र जुडे बेलिङ्घमले एक–एक गोल गरेका थिए । स्लोभाकियाका इभान स्क्रान्जले एक गोल गरेका थिए ।

खेलको २५औँ मिनेटमा स्लोभाकियाका इभानले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा बेलिङ्घमले गोल गर्दै इंग्ल्याण्डलाई पुनरागमन जित दिलाए । सुरुवाती अग्रता जोगाउन नसक्दा स्लोभाकिया प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्डविरुद्ध खेल्नेछ ।

यस्तै, आज बिहान भएको अर्को खेलमा स्पेन अन्तिम ८ मा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन अन्तिम ८ मा पुगेको हो ।
स्पेनका लागि रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक–एक गोल गरेका थिए । जर्जियालाई आत्मघाती स्वरुप एक गोल प्राप्त भएको थियो ।

खेलको १८औँ मिनेटमा स्पेनका रोविन ली नोर्मान्डले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि ३९औँ मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ५१औँ मिनेटमा रुइज, ७५औँ मिनेटमा विलियम्स र ८३औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई ४–१ गोलको जित दिलाए ।

अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : २६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका