जुसको बट्टामा सवा दुई किलो कोकिन, ठमेलको होटलबाट दुई विदेशी समातिए « Khabarhub

जुसको बट्टामा सवा दुई किलो कोकिन, ठमेलको होटलबाट दुई विदेशी समातिए


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले दुईजना तान्जनियाका नागरिकलाई प्रतिबन्धित लागुऔषध कोकिनसहित पक्राउ गरेको छ ।

१ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुईजना तान्जानियाका नागरिक शनिबार काठमाडौंबाट पक्राउ
परेका हुन् ।

काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट पक्राउ पर्नेहरूमा तान्जानियाका नागरिकहरू ५२ वर्षीय रमाधानी सिम्बा म्वाबुम्बा र ५६ वर्षीय त्वालिब किपेभु पास्हुवा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उक्त होटलको कोठा नम्बर २०५ बाट त्वालिब पनि जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : ११ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको