‘कल्की २८९८ एडी’को कीर्तिमानी व्यापार « Khabarhub

‘कल्की २८९८ एडी’को कीर्तिमानी व्यापार


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर ‘कल्की २८९८ एडी’ प्रदर्शनको सुरुवाती चार दिनमै सन् २०२४ को सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ । गत बिहीबारदेखि प्रदर्शनमा आएको यो फिल्म सकारात्मक वर्ड अफ माउथका कारण चर्चामा छ ।

यो फिल्मले प्रदर्शनको पहिलो दिन बिहीबार घरेलु बजारमा ९५ करोडको व्यापार गरेको थियो । दोस्रो दिन शुक्रबार भने अपेक्षाअनुसार हलमा दर्शक पुगेननन्, ५७ दशमलव ६ करोडको मात्रै टिकट बिक्री भयो ।

शनिबार भारतले टी-२० विश्वकपको फाइनल खेल्ने भएकाले थोरै दर्शक हलमा उपस्थित हुने आँकलन गरिएको थियो । तर शुक्रबारको तुलनामा बढी व्यापार भयो । शनिबार फिल्मले ६४ दशमलव ५ करोडको व्यापार गर्‍यो । सुरुवाती तीन दिनका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि आइतबार हलमा दर्शकको उपस्थिति बाक्लियो । सो दिन ८५ करोडको व्यापार गर्‍यो । फिल्मले चार दिनमा भारतमा मात्रै ३०२ करोडको व्यापार गर्‍यो ।

भारतसहितको विश्व बजारमा यस फिल्मको व्यापार उत्साहजनक छ । आइतबारसम्म यसको व्यापार ५५० करोड नाघेको छ । विश्वबजारमा यस फिल्मले पहिलो दिन १९१ दशमलव ५ करोड ग्रस कलेक्सन गरेको थियो ।

यससँगै प्रदर्शनमा आएको ४ दिनमै यो फिल्मले कीर्तिमान कायम गरेको छ । २०२४ को सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्म बनेको छ । पछिल्लो समय भारतीय फिल्ममा हिटको खडेरी लागिरहेको बेला प्रभासको उपस्थिति विशेष बनेको छ । एक पटक पुनस् उनको स्टारडमको चर्चा सुरु भएको छ ।

यस वर्षका बढी व्यापार गर्ने फिल्म ऋतिक रोशनको ‘फाइटर’ ले विश्वव्यापी रुपमा ३५८ करोडभन्दा बढी कमाई गरेको थियो भने तेज सज्जाको ‘हनुमान’ ३५० करोडमा रोकिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : १७ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि