गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह | Khabarhub Khabarhub

गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको तस्बिर सामाजिक सञ्जालमा अनिवार्य रुपमा पोस्ट गर्न आग्रह गरेको छ । 

पूर्वप्रधानमन्त्री कोइरालाको शताव्दी जन्म जयन्तीको पूर्वसन्ध्यामा अनिवार्य रुपमा तस्बिर फेसबुक लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्न कांग्रेसले नेता-कार्यकर्ताहरूलाई आग्रह गरेको हो । 

जन्म जयन्तीको अवसरमा मंगलबार आयोजना हुन लागेको ‘क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सूचना विभाग प्रमुख मीन विश्वकर्माले पूर्वसभापति कोइरालाको तस्बिर पोस्ट गर्न आग्रह गरिएको जानकारी दिए । 

विश्वकर्माले नेता–कार्यकर्ताहरुलाई सोमबार बेलुकी ठिक ८ बजे एकसाथ तस्बिर राख्न पनि आग्रह गरे ।

 ‘नेपाली कांग्रेसका सबै तहका नेताहरुले, पार्टी सदस्यहरुले भ्रातृ संस्थाका सदस्य तथा शुभेच्छुक साथीहरूले गिरिजाबाबु सम्बन्धि, सकिन्छ भने आफू पनि भएको, भएन कार्यक्रममा सहभागी भएको, त्यो पनि भएन भने गिरिजाबाबुमात्रै भएको फोटो सामाजिक सञ्जालमा ठ्याक्कै ८ बजे पोस्ट गर्ने हामीले कार्यक्रम बनाएका छौं,’ उनले भने, ‘यो बारे हामी परिपत्र गर्दैछौँ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ५७ बजे

ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा

काठमाडौं – असार ३० मा गठित केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को

राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिका कारण

१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना

काठमाडौं- उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । केही नेपाली

म्यानमामा बाढीका कारण विद्यालय बन्द

एजेन्सी– दक्षिणी म्यानमारको बागो क्षेत्रमा पान्डाउङ बस्तीका १९ वटा विद्यालय

‘छक्का पञ्जा ५’ को गीतको मात्रै छायाङ्कन बाँकी

काठमाडौं– फिल्म ‘छक्का पञ्जा’को पाँचौँ सिक्वेल ‘छक्का पञ्जा ५’ को