सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत | Khabarhub Khabarhub

सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । 

बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले कांग्रेस–एमालेबीचको सत्ता समीकरणका बारेमा अहिलेनै बोल्न उपर्युक्त नहुने प्रतिक्रिया दिएका हुन् । 

‘यो विषयमा अहिले नै बोल्नु परिपक्व भइसकेको छैन । परिपक्व नभइकन यो विषयमा बोल्नु उपयुक्त हुँदैन,’ महतले भने, ‘मूल कुरा हाम्रो लागि मुद्दा हो । बिना मुद्दा खाली सरकारमा जानको लागि नेपाली कांग्रेसले यो विषयलाई प्राथमिकतामा राख्दैन ।’

प्रवक्ता महतले देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै एमालेसँगको सत्ता समीकरणमा विचार गर्न सकिने पनि बताए । 

‘दीर्घकालीन रुपमा सरकार चल्ने, परिणाममूलक काम गर्न सक्ने, अस्थिरता अन्त्य हुन सक्ने, निर्वाचन पद्धतिले ल्याएका कम्प्लिकेसनहरुलाई कम गर्न सक्ने र देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै यो विषयलाई हामीले विचार गर्न सक्छौँ,’ उनले भने ।

महतले सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस सरकारमा गएर सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा स्वाभाविक भएको पनि बताए । पदाधिकारी बैठकमा एमालेसँग मिलेर सरकार गठन गर्नेबारे छलफल नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ४८ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका