राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भू-राजनीतिक अवस्थाको विश्लेषण जरुरी रहेको बताएका छन् । 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताको आधारभूत हितलाई ध्यानमा राख्दै विकास साझेदारलगायत विश्वसमुदायसँग सम्बन्ध राख्ने तथा विकसित भू-राजनीतिक घटनाक्रमको मापन हुनुपर्ने धारणा व्यक्त गरे । 

नेपालको आर्थिक, प्राविधिक एवं सैन्य क्षमताको सन्दर्भ जोड्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र राष्ट्रिय स्वतन्त्रताका लागि कूटनीति नै पहिलो र अन्तिम प्रतिरक्षाको माध्यम हो ।’

कूटनीति एवं वार्ता, अन्तर्राष्ट्रिय सम्बन्धको उपयुक्त सञ्चालनका कारण नेपाल एशियामा पुरानो देशमध्ये रहेको उल्लेख गर्दै उनले देशका कूटनीतिज्ञ तथा कूटनीतिसँग सम्बन्धित संस्थाको क्षमता अभिवृद्धि गर्न ठोस प्रयास हुनुपर्नेमा जोड दिए। 

जलवायु परिवर्तन, साइबर र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय संगठित अपराध, कृत्रिम बौद्धिकताजस्ता नवीन र विकास हुँदै गरेका चुनौतीका कारण अन्तर्राष्ट्रिय सहयोग र संवादको दायरा थप फराकिलो भएको उनले उल्लेख गरे । 

    

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : १४ बजे

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने

काठमाडौं– तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि