अर्थसंक्षेप : पौने चार अर्बको सुन तस्करीदेखि भारतीय सम्पत्ति वृद्धिसम्म  | Khabarhub Khabarhub

अर्थसंक्षेप : पौने चार अर्बको सुन तस्करीदेखि भारतीय सम्पत्ति वृद्धिसम्म 


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्विन्टल सुन तस्करीबाट भएको निष्कर्ष निकालेको छ । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढ्यो ।

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिँया सहयोग कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदान मात्रै अगाडि बढाउनुपर्ने बताएको छ । सन् २०२४ मा भारतको बाह्य दायित्वभन्दा विदेशमा रहेका भारतीय सम्पत्तिमा अधिक वृद्धि भएको पाइएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरू  :

ब्रेक सु र विद्युतीय सामानमा लुकाएर पौने चार अर्बको सुन तस्करी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो । उक्त सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ छ । सीआईबीले भुजेल क्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्स लगायत पाँच सप्लायर्सहरुले उक्त परिमाणको सुन भित्र्याएको जनाएको छ ।

सीआईबीका डिएसपी सुन्दर तिवारीले दोस्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए । यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उनले बताए ।

यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको डिएसपी तिवारीले जानकारी दिए । त्यस्तै सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्व सभामुख कृष्णबहादुर महरा र दीपेश पुनको संलग्नता नदेखिएको बताए ।

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा

राष्ट्रियसभाको आजको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर २,०५३ को विन्दुमा कायम भएको छ ।

आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरीमा ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८५लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकासका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । यस्तै,कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

उद्योगमन्त्री भण्डारीलाई कांग्रेसको १७ बुँदे माग पत्र

नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।

विभाग प्रमुख कांग्रेस केन्द्रीय सदस्य सीता थपलिया ९उर्मिला०को नेतृत्वमा मन्त्रालय पुगेको विभाग सदस्यहरूसहितको टोलीले मन्त्री दामोदर भण्डारीलाई माग पत्र बुझाएको हो ।

स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगहरूसँग जोडिएका क्षमता, अवसर र चुनौतीलाई ध्यानमा राखी विद्यमान नीति र व्यवस्थाको वस्तुपरक विश्लेषण गरी विभागले मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० ले पनि नवीन एवम् सृजनशील सोचलाई स्टार्टअपको विशेषता मानेको छ, तर नवीनताको मापदण्ड भने स्पष्ट गरेको छैन । नवीनताको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्न विभागले माग गरेको छ ।

विभागले सरकारको आगामी दिनमा सहुलियत कर्जा वितरणको प्रक्रियालाई पारदर्शी बनाउन वितरित कर्जा र त्यसको प्रगति विवरण सोही वेबसाइटमा नियमित अद्यावधिक गराउन ध्यानाकर्षण गराएको छ ।

सो वेबसाइटको दायरा बढाई स्टार्टअप सम्बन्धी सम्पूर्ण जानकारी र प्रक्रियालाई वेबसाइटमा समावेश गर्न विभागले माग गरेको छ । आफूहरूले राखेको मागमा मन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको विभागका सदस्य खगेन्द्र आचार्यले बताए ।

खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको छ । ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत महिलालाई उद्यमशील बनाउन सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

चालु आर्थिक वर्षमा कफी उत्पादक कृषकलाई समूहगत रूपमा रु २१ लाख अनुदान वितरण गरिएको उनले जानकारी दिए । अध्यक्ष थिङका अनुसार पालिकाले सामूहिक उत्पादनमा जोड दिँदै कृषक समूह बनाएर १९ समूहलाई अनुदान वितरण गरेको छ । उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरेको पालिकाले जनाएको छ ।

उत्पादनका आधारमा उक्त सहकारीले चार लाख ६३ हजार ३३ अनुदान लिएको छ । खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको छ । कफी खेतीबाट वार्षिक रु चार करोडको आम्दानी लिने गरेको कृषक बताउँछन् । पालिकामा कफी उत्पादनको सम्भावना भएकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ भन्ने नारालाई अघि सारेर प्रतिकेजी ३५ का दरले अनुदान दिँदै आएको अध्यक्ष थिङले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको छ ।

बीआरआई अन्तर्गतको परियोजनामा अनुदान मात्रै अघि बढाउनुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिँया सहयोग कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदान मात्रै अगाडि बढाउनु पर्ने बताएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदान मात्रै अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको हो ।

‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो ।  बीआरआईको कार्यान्वयनका सन्दर्भमा ठूलो ऋणको बोझ भइसक्यो, ऋणको आकार बढाउँदै लैजान हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘धेरै अनुदान सहयोग समेत कार्यन्वयन नभएको अवस्थामा अनुदान लिने गरेरमात्र यसलाई अघि बढाउनुपर्छ, अहिले ऋण लिने अवस्था छैन । एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत हामीले उपयोग गर्न सकेका छैनौँ भने थप ऋण लिएर विकास निर्माण अघि बढाउन सकिन्न भन्ने छलफलको निष्कर्ष रह्यो । अनुदान सहयोग लिने गरेर मात्रै बीआईआई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष निकालेकाले पार्टीको नीति पनि त्यही अनुरूप अगाडि बढ्छ ।’

विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि 

सन् २०२४ मा भारतको बाह्य दायित्वभन्दा विदेशमा रहेका भारतीय सम्पत्तिमा अधिक वृद्धि भएको पाइएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले जनाएअनुसार आर्थिक वर्ष २०२३–२४ मा विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।

सोही अवधिमा भारतको बाह्य वित्तीय दायित्व १ खर्ब ४ खर्ब ३० करोड अमेरिकी डलर मात्र वृद्धि भएको आरबीआईले जनाएको छ । यससँगै भारतको वैदेशिक वित्तको सन्तुलनमा पनि झिनो सुधार आएको आरबीआईले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२३ को मार्च महिनामा मुलुकको वित्तीय सन्तुलन ७१ दशमलव ४ प्रतिशत रहेकोमा सन् २०२४ को सोही महिनामा बढेर ७४ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : २८ बजे

वैतेश्वरमा ९९.४१ प्रतिशत योजना सम्पन्न

दोलखा– बैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

वामदेव भन्छन् : निर्वाचन प्रणाली संशोधन गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ

काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थिरतातर्फ

सरकार छाड्ने भएपछि कानुनमन्त्रीले गरेनन् न्यायाधीश नियुक्तिको निर्णय

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार नयाँ समीकरण बनेर

देशलाई संकटबाट मुक्त गराउन गणतन्त्रको विकल्प खोज्नुपर्छ : राप्रपा नेपाल

काठमाडौं– राप्रपा नेपालले संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै

काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई