ओलीले बोलाएपछि बालकोटमा उपप्रधानमन्त्री महासेठ « Khabarhub

ओलीले बोलाएपछि बालकोटमा उपप्रधानमन्त्री महासेठ

एमाले उपाध्यक्ष पौडेल पनि बालकोटमै


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले बोलाएपछि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बालकोटमा पुगेका छन् ।

उनी केही बेरअघि ओलीको निवास बालकोटमा छिरेका हुन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सकिएपछि महासेठ सरकारी निवास पुल्चोक पुगेर बालकोटतिर लागेका हुन् ।

उनीसँगै ओलीले कानुनमन्त्री पदम गिरीलाई पनि बालकोट झिकाएका छन् । यसअघि एमालेको तर्फबाट सरकारमा रहेका सबै मन्त्रीलाई ओलीले छलफलका लागि बालकोट बोलाएको समाचार आएको थियो। 

तर ओलीको सचिवालयले उक्त कुराको खण्डन गर्दै बाहिर आएका समाचारमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएको थियो ।

पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनबारे दुई दलबीच छलफल चलिरहेको छ । यस्तोबेला ओलीले मन्त्रीहरूलाई झिकाएर छलफल गर्न लागेका हुन् । 

महासेठ बालकोट पुग्नुअघि एमाले उपाध्यक्ष विष्णु पौडेल पनि अध्यक्ष ओलीसँग संवादमा छन् । अहिले ओलीले पौडेल र महासेठसँग छलफल गरिरहेको बालकोट स्रोतले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ४० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको