एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’ « Khabarhub

एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७ स्थित छहारी भवनमा सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रियासँग सम्बन्धित ‘शान्ति ग्यालरी’ स्थापना गरेको छ ।

आज कलात्मक सजावटसहितको ग्यालरी उद्घाटन गर्नुका साथै सोही स्थलमा ‘आराध्याती’ शालिकको अनावरण गरिएको छ । शान्ति ग्यालरीमा नेपालमा भएको सशस्त्र युद्ध र त्यसबाट नेपाली समाजमा परेको प्रभाव, एकल महिला भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेका सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगका गतिविधिका तस्बिर राखिएका छन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपाली समाजमा महिलालाई महत्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हुने हिंसा र एकल भएपछि भोग्नुपर्ने पीडालाई ग्यालरीले उजागर गरेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमान्को मृत्युपछि समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्नसक्ने महिलाको योगदानलाई अभिलेखीकरण गरिएको बताए ।

समूहका अध्यक्ष कविता पाँडेले आफूहरु कम्बोडियाको भ्रमणमा जाँदा त्यहाँ शान्ति ग्यालरीको अवलोकन गरेपछि नेपालमा पनि यस्तो बनाउनुपर्छ भन्ने सोच आएको बताए ।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले एकल महिला समूहले महिला सशक्तीकरणका लागि गरिरहेका अभियान प्रेरणादायी र अनुकरणीय रहेको उल्लेख गरे ।

त्यस अवसरमा लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनका प्रमुख प्याट्रियाले नेपाली एकल महिला समूहले एकजुट हुनुमा नै शक्ति छ भन्ने उदाहरण प्रस्तुत गरेको धारणा राखे ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : ०२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको