कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी, एक हजारले अवसर पाउने | Khabarhub Khabarhub

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी, एक हजारले अवसर पाउने


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

विराटनगर- निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच उद्यमशीलता र रोजगारमुलक कार्यक्रमका लागि समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरे ।

समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्नेछ ।

यो समझदारीले सर्बसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ ।

समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मुख्यमन्त्री कार्किले अब प्रदेश नयाँ समझदारीकासाथ अघि बढ्दा बिकास र रोजगारीमा सहयोग पुग्ने बिश्वास जनाए ।

उक्त अवसरमा प्रमुख सचिव केदारनाथ शर्माले यो समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताए । उले आगामी दिनमा प्रदेशमा नयाँ नयाँ काम गर्न सहज हुने बताए ।

कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार,घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए ।

मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरि यो समझदारी गरिएको जानकारी दिए ।

उनले चाँडै नै रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने बताए । प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिएर अनलाइन रोजगारी यसै वर्ष दिने तयारी प्रदेश सरकारले गरेकोछ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १ : ५२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं