सांसदहरूलाई गृहमन्त्रीको जवाफ- कसैको रहरले मात्रै फाइल खुल्दैन, मुद्दा चल्दैन | Khabarhub Khabarhub

सांसदहरूलाई गृहमन्त्रीको जवाफ- कसैको रहरले मात्रै फाइल खुल्दैन, मुद्दा चल्दैन


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरूले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानुनबिना कसैलाई पनि मुद्दा चल्न नसक्ने बताए ।

‘फाइल खोल्ने भनेको के हो ? मुद्दा चलाउने भनेको होला नि, लोकतन्त्रमा मुद्दा कानुनबेगर चल्छ?, रहरमा कसैलाई पनि मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ’, उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छुट्ने कुरा पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।’

मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय सदाचार भएको लेखकले बताएका छन् ।

‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रद्धिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘संसदीय समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  २ : ०६ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा