सौर्यका पाइलट मनिषरत्न डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध « Khabarhub

सौर्यका पाइलट मनिषरत्न डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा जाने क्रममा काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

काठमाडौं मेडिकल कलेजका निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिइन् ।

उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गराएर उपचार जारी रहने बताइन् ।

शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने हुन सक्ने उनले बताइन् । उपचारका क्रममा क्याप्टेन शाक्यले जहाजमाथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बताएको डा. थापाले उल्लेख गरिन् ।

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चिकित्सकको मेहनतका कारण अवस्था सुधार हुँदै गएकोमा खुसी व्यक्त गरे ।

अस्पतालका प्रमुख तथा नेपाली कांग्रेसका सांसद सुनील शर्माले समयमा नै उपचार सुरु गरेका कारण क्याप्टेन शाक्यले छिट्टै स्वास्थ्यलाभ गरेको बताए ।

शाक्य ९ गतेदेखि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । पाइलट शाक्यको मेरुदण्ड र करङमा चोट लागेको थियो ।

डिस्चार्ज भए पनि उनलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले जहाज दुर्घटनाबारेमा कुनै किसिमको टिप्पणी गर्न र बोल्न रोक लगाएको छ।

सरकारले उक्त प्रकरणमा छानबिन अघि बढाइसकेकाले दुर्घटनामा बाँचेका एक मात्रै पात्र शाक्यलाई बोल्न रोक लगाएको हो ।

नियमित परीक्षणका लागि काठमाडौंबाट कम्पनीकै कर्मचारी र प्राविधिक लिएर पोखरा जाने क्रममा उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

विमान दुर्घटना हुँदा एकजना नाबालक, यमनका नागरिकसहित १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा बाँचेका पाइल शाक्यलाई तत्कालै अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ३ : ४१ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग