उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार छिरेनन् बालेन र सुनिता | Khabarhub Khabarhub

उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार छिरेनन् बालेन र सुनिता


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


38k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार दिउँसो उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटघाट कार्यक्रम मन्त्रालयमै राखेका थिए ।

फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनसहितको टोली सिंहलाई भेट्न सिंहदरबार छिरेको थियो ।

महर्जनले ललितपुर, भक्तपुर र काठमाडौंकै विभिन्न नगरपालिकाका मेयर र उपमेयरलाई लिएर सिंहसँग वार्ता गरे, संस्थाका माग पत्र पनि बुझाए ।

तर उक्त फोरमका सदस्यका रुपमा रहेका काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर दुवैजना उक्त भेटघाटमा सहभागी भएनन् ।

उपप्रधानमन्त्री सिंहले फोहरमैला व्यवस्थापनमा देखिने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने बताएको उक्त भेटघाटमा उपत्काकाको प्रमुख सहरका दुवैजना नेतृत्व अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा बालेन्द्र साह विजयी हुँदा प्रकाशमान पत्नीसमेत रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा समेटिएकी थिइन् ।

उता उपमेयर सुनिता डंगोलले कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले हराएकी थिइन् ।

यस्तोमा बिहीबार सिंहदरबारमा सबैभन्दा धेरै फोहोर उत्पादन गर्ने र त्यसको व्यवस्थापनमा पनि नेतृत्वदायी भूमिका खेल्ने काठमाडौं महानगरकै नेतृत्वले मन्त्री सिंहसँग भेट्न अनिच्छा जनाएको हो ।

यसअघि संघीय मन्त्रीहरूसँगको भेटलाई मेयर बालेन्द्रले बहिष्कार गर्दै आएका थिए । तर उपमेयर सुनिताले भने उपत्यका मेयर्स फोरम संघको सदस्यका रुपमा मन्त्रीहरूलाई डेलिगेशनसँगै भेट्ने गरेकी थिइन् । यस पटक भने मन्त्री सिंहलाई भेट्न सुनिता पनि सिंहदरबार छिरिनन् ।

भेटमा उपप्रधानमन्त्री सिंहले फोहरमैला व्यवस्थापन पटक पटक समस्या आउँदा संक्रमण फैलिने त्रास भएकाले दीर्घकालीन समाधान गर्ने बताए ।

उता ललितपुर महानगरका मेयर महर्जनले भने सडक बत्तीको बिजुलीको बिल स्थानीय तहलाई तिराउन ठीक नहुने बताएका थिए ।

मेयर्स फोरमले सडक बत्तीको बिल विद्यु्त् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने उक्त भेटमा जनाएको थियो ।

उपत्यका मेयर्स फोरमका अध्यक्ष महर्जन र काठमाडौंका मेयर साहबीच यसअघि पनि अनमनको अवस्था थियो । साहले एक कार्यक्रममा आफूलाई पहिले बोल्न नदिएको भनेपछि महर्जनसँग नोकझोंक भएको थियो । त्ययसता साह उपत्यका मेयर फोरमममा सक्रिय छैनन्।

कहाँ थिए दुवैजना ?

काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् । तर अन्य पालिकाका प्रतिनिधि सिंहदरबारमा छिर्दा काठमाडौंका मेयर र उपमेयर भने बागेश्वरी पुगेका थिए

जहाँ २०७९ माघमा निर्माण थालिएको काठमाडौं महानगरपालिका वडा नम्बर ८ को भवन उद्घाटन कार्यक्रम राखिएको थियो ।

सिंहदरबारमा मेयर्स फोरमका सदस्य र उपप्रधानमन्त्री सिंहबीच वार्ता चलिरहँदा काठमाडौंका मेयर बालेन्द्र र उपमेयर सुनिता भने २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा निर्माण पूरा भएको मौलिक शैलीको वडा भवन उद्घाटमा व्यस्त थिए ।

महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा बनाएको भवनको दुवैले संयुक्त रुपमा उद्घाटन गरे ।

पशुपति क्षेत्र विस्तारका क्रममा २५ वर्षअघि वडा भवन भत्काइएको थियो । भवन भत्काइएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय चलिरहेको थियो ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नाममा रहेको जग्गामा बनाइएको हो । यो भवनको तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका थिए । तर उनले शिलान्यास गरेपछि विवाद हुँदा भवन निर्माण अघि बढेको थिएन ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : ०२ बजे

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी

सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० भ्रष्टाचारका उजुरी

सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो

कुम्भराजको बयान- धनराज पत्नी ज्योतिले सहकारीको साढे १२ करोडले बिटक्वाइन किनिन्

काठमाडौं- ललितपुरको महालक्ष्मीस्थान नगरपालिका-५ स्थित मितेरी बचत तथा ऋण सहकारी