पूर्वराष्ट्रपति भण्डारीको चिन्ता : राजनीति बिग्रिँदै गयो, वैचारिक र नैतिक आचरण कमजोर भयो « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको चिन्ता : राजनीति बिग्रिँदै गयो, वैचारिक र नैतिक आचरण कमजोर भयो


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अहिले वैचारिक निष्ठा, आदर्श र नैतिक आचरण कमजोर हुँदै गएको बताएकी छन् ।

बिहीबार तुलसीलाल अमात्यको २७ औँ स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानले गरेको ‘नेपालका राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समृद्धिको बाटो’ विषयक विचार गोष्ठी र ‘कहिल्यै नझुक्ने योद्धा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेकी हुन् ।

भण्डारीले तुलसीलाल जस्ता नेताहरूबाट निष्ठा, आदर्श, त्याग र नैतिक आचरण सिक्नु पर्नेमा पनि जोड दिइन् ।

भण्डारीले अहिलेको व्यवस्था कसैको निगाहबाट नभई तुलसीलाल अमात्य लगायत नेताहरूको त्याग र बलिदानको उपलब्धि भएको बताइन् ।

‘आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहजरुपमा प्राप्त भएको होइन, यी उपलब्धिहरू तुलसीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको अटुट संघर्ष, त्याग र बलिदानको लामो श्रृङ्खलाबद्ध आन्दोलन पछि प्राप्त भएको हुन् भन्ने यथार्थतालाई वर्तमान पुस्ताले कदापि बिर्सनु हुँदैन’, उनले भनिन् ।

तुलसीलाल अमात्यले कम्युनिष्ट पार्टीलाई बिसर्जन हुनबाट जोगाएको भण्डारीको भनाइ छ । केशरजङ्ग रायमाझीले कम्युनिष्ट पार्टी समाप्त गर्न लाग्दा तुलसीलालले जोगाएको उनको बुझाइ छ ।

नेपालको प्रगतिशील किसान आन्दोलनमा तुलसीलालको महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् ।

पुष्पलालले मधेसमा किसानहरूका कयौँ जाली तमसुक च्यातेर किसान मुक्तिको लागि काम गर्नुभएको भण्डारी स्मरण गराइन् ।

कार्यक्रममा लोकतन्त्रका योद्धा तथा पत्रकार गोपाल थपलियाको जीवनमा आधारित ज्योतिलाल बनद्वारा लिखित पुस्तक ‘कहिल्यै नझुक्ने योद्धा’ को भण्डारीले लोकार्पण गरिन् ।

पत्रकारिताको माध्यमबाट निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनामा गोपाल थपलियाको महत्पूर्ण योगदान रहेको बताउँदै भण्डारीले पुस्तकले थपलियाका योगदानलाई उजागर गर्ने बताइन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : १४ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक