पूर्वराष्ट्रपति भण्डारीको चिन्ता : राजनीति बिग्रिँदै गयो, वैचारिक र नैतिक आचरण कमजोर भयो « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको चिन्ता : राजनीति बिग्रिँदै गयो, वैचारिक र नैतिक आचरण कमजोर भयो


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अहिले वैचारिक निष्ठा, आदर्श र नैतिक आचरण कमजोर हुँदै गएको बताएकी छन् ।

बिहीबार तुलसीलाल अमात्यको २७ औँ स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानले गरेको ‘नेपालका राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समृद्धिको बाटो’ विषयक विचार गोष्ठी र ‘कहिल्यै नझुक्ने योद्धा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेकी हुन् ।

भण्डारीले तुलसीलाल जस्ता नेताहरूबाट निष्ठा, आदर्श, त्याग र नैतिक आचरण सिक्नु पर्नेमा पनि जोड दिइन् ।

भण्डारीले अहिलेको व्यवस्था कसैको निगाहबाट नभई तुलसीलाल अमात्य लगायत नेताहरूको त्याग र बलिदानको उपलब्धि भएको बताइन् ।

‘आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहजरुपमा प्राप्त भएको होइन, यी उपलब्धिहरू तुलसीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको अटुट संघर्ष, त्याग र बलिदानको लामो श्रृङ्खलाबद्ध आन्दोलन पछि प्राप्त भएको हुन् भन्ने यथार्थतालाई वर्तमान पुस्ताले कदापि बिर्सनु हुँदैन’, उनले भनिन् ।

तुलसीलाल अमात्यले कम्युनिष्ट पार्टीलाई बिसर्जन हुनबाट जोगाएको भण्डारीको भनाइ छ । केशरजङ्ग रायमाझीले कम्युनिष्ट पार्टी समाप्त गर्न लाग्दा तुलसीलालले जोगाएको उनको बुझाइ छ ।

नेपालको प्रगतिशील किसान आन्दोलनमा तुलसीलालको महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् ।

पुष्पलालले मधेसमा किसानहरूका कयौँ जाली तमसुक च्यातेर किसान मुक्तिको लागि काम गर्नुभएको भण्डारी स्मरण गराइन् ।

कार्यक्रममा लोकतन्त्रका योद्धा तथा पत्रकार गोपाल थपलियाको जीवनमा आधारित ज्योतिलाल बनद्वारा लिखित पुस्तक ‘कहिल्यै नझुक्ने योद्धा’ को भण्डारीले लोकार्पण गरिन् ।

पत्रकारिताको माध्यमबाट निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनामा गोपाल थपलियाको महत्पूर्ण योगदान रहेको बताउँदै भण्डारीले पुस्तकले थपलियाका योगदानलाई उजागर गर्ने बताइन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : १४ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी