इजरायलको दाबी- हवाई हमलामा हमासका सैन्य प्रमुख मोहम्मद दिएफ मारिए « Khabarhub

इजरायलको दाबी- हवाई हमलामा हमासका सैन्य प्रमुख मोहम्मद दिएफ मारिए


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गाजाक्षेत्रमा भएको एक हवाई हमलामा विद्रोही समूहका सैन्य कमान्डर मोहम्मद दिएफ मारिएको दाबी इजरायलले गरेको छ ।

इजरायली सेनाले बताएका अनुसार हमासका सैन्य प्रमुख मोहम्मद दिएफ १३ जुलाईमा गाजामा भएको एक एयर स्ट्राइकका क्रममा मारिएका हुन् ।

स्ट्राइकका क्रममा दिएफलाई खान युनुसको एक कम्पाउन्डमा इजरायली सेनाले निशाना बनाएको थियो ।

इजरायली सेनाले त्यसबेलै हवाई हमलामा एक अर्का हमास कमान्डर राफा सलेमेह पनि मारिएको जनाएको थियो । तर इजरायली सेनाले मोहम्मद दिएफको मृत्यु भएको पुष्टि गरेको थिएन ।

यसअघि बुधबार मात्रै हमासले आफ्ना शीर्ष राजनीतिक कमान्डर इस्माइल हनियाको इरानको राजधानी तेहरानस्थित निवासमा भएको हवाई हमलामा मारिएको जनाएको थियो ।

बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित निवासमा भएको हवाई हमलामा हनिया र उनका सुरक्षागार्डको हत्या भएको जनाएको थियो ।

हनिया लामो समयदेखि कतारमा बस्दै आएका थिए । उनी केही वर्षदेखि गाजामा गएका थिएनन् । तर कतारबाट इरान पुगेका बेला उनी मारिए ।

इराले हनियाको हत्या अमेरिकाले गरेको दाबी गरिरहेको छ । हमासले हनिया इरानी राष्ट्रपति मसुद पेजेश्कियानको शपथ ग्रहण समारोहमा भाग लिन तेहरान पुगेको जनाएको छ । उक्त समारोह मंगलबार भएको थियो। उक्त समारोहमा भाग लिएकै भोलिपल्ट हनिया मारिँदा हमासलाई ठूलो धक्का लागेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ६ : ४६ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव