अन्तर्राष्ट्रिय

चीनमा जनसङ्ख्या गिरावटको अवस्था भयावह : राष्ट्रसंघ

By खबरहब

August 01, 2024

काठमाडौं – चीनमा जनसङ्ख्या गिरावटको अवस्था भयावह बन्दै गएको पाइएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा हालसम्म कुनै मुलुकले नव्यहोरेको जनसङ्ख्या गिरावट अहिले चीनले खेपिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार यस शताब्दीको अन्त्यसम्म चीनको जनसङ्ख्या आधाले घट्ने छ । हाल चीनकोजनसङ्ख्या १ अर्ब ४० करोड रहेको बताइन्छ ।

गत वर्ष लगातार दोस्रो पटक चीनको जनसङ्ख्या घटेको थियो। हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टकाअनुसार चीनको जनसङ्ख्या २० लाखले घटेको छ ।

गर्भधारण गर्ने उमेरका महिलाको सङ्ख्यामा कमी आउनु, ढिलो विवाह गर्नु र सन्तान नजन्माउने प्रचलन बढ्दै जानु जस्ता कारणले चीनमा जनसङ्ख्या घटिरहेको बताइएको छ ।