विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै « Khabarhub

विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले खबरहबसँग भने, सबै विपक्षी दलहरूलाई बोलाइएको छ सायद सबै आउनुहुन्छ । बैठकमा सरकारको कार्यशैली संसद नबोलाउनुको कारण लगायतका विषयमा छलफल हुनेछ। पछिल्लोपटक जारी भएको अध्यादेशको विषयमा पनि छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको उनको भनाइ छ ।

सरकारले चारवटा अध्यादेश ल्याएपछि विपक्षी दलहरू पहिलोपटक जुट्न लागेका हुन्।

अहिलेसम्म विपक्षी दलहरूले आफ्नोआफ्नो पार्टीमा समेत छलफल गरेको बुझिएको छ। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशका सन्दर्भमा विपक्षी दलहरू सबै रुष्ट छन्।

संसद बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याएको भन्दै ओलीको कडा आलोचना भएका बेलामा माओवादी केन्द्रले विपक्षीहरूलाई एक ठाउँमा भेला गर्न लागेको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : १९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार