हमासद्वारा इस्माइल हानियाको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान « Khabarhub

हमासद्वारा इस्माइल हानियाको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

दाेहा – प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा शुक्रबार कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ ।

हमासले बिहीबार विज्ञप्तिमा तेहरानमा हानियाको हत्यापछि इजरायलमाथि आक्रमणको आरोप लगाउँदै सार्वजनिक आक्रोश फैलाउन प्रोत्साहन गर्नुका साथै गाजा पट्टीमा जारी युद्धको पनि विरोध गरेको छ ।

“शुक्रबार नमाजपछि प्रत्येक मस्जिदबाट क्रोध मार्च सुरु गरौँ”, हमासले भनेको छ । हमासको राजनीतिक नेतृत्वका अन्य सदस्यहरूसँगै कतारमा निर्वासनमा रहेका हानियाको इरानी राजधानी तेहरानमा बिहीबार आयोजित सार्वजनिक अन्तिम संस्कारपछि शुक्रबार खाडी राज्यमा अन्त्येष्टि गरिने भएको छ ।

इरानको रिभोल्युसनरी गार्डले हानिया र एक अङ्गरक्षक तेहरानमा उहाँहरूको आवासमा बुधबार बिहानै भएको आक्रमणमा मारिएको बताएको छ । उक्त आक्रमणले व्यापक क्षेत्रीय द्वन्द्वको डर उत्पन्न गरेको छ ।

हमासले ‘कब्जा गरिएको पश्चिम किनारमा हाम्रा क्रान्तिकारी मानिसहरूको समुदाय’ लाई गाजामा प्यालेस्टिनीहरूका लागि आफ्नो समर्थन देखाउन तथा ‘हाम्रो भूमि र राष्ट्रिय अधिकारहरूप्रति हाम्रो प्रतिबद्धता पुष्टि गर्न र ९इजरायली० कब्जाको योजनाहरूको सामना गर्न’ आह्वान गरेको छ ।

हमास नेताको अन्तिम संस्कारका क्रममा बिहीबार तेहरानमा शोक मनाउनेहरूको भीड जम्मा भयो र इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले प्रार्थनाको नेतृत्व गरे ।

हानियाको हत्यापछि अम्मानमा विरोध प्रदर्शन सुरु भएको छ । त्यहाँ हजारौँ जोर्डनबासी बुधबार इजरायली दूतावासबाहिर भेला भएका थिए । लेबनानमा प्यालेस्टिनी शरणार्थी शिविरहरू र ट्युनिशिया तथा मोरक्कोका राजधानीहरूमा पनि प्रदर्शनहरू भएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १० : १३ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम