इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीमाथि एस्टन भिल्लाको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीमाथि एस्टन भिल्लाको जित


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै एस्टन भिल्ला विजयी भएको हो ।

भिल्लाको जितमा अमाडु ओनाना र जोन डुरानले एक–एक गोल गरेका थिए । लेस्टर सिटीका फाकुन्डो बोनानोट्टेले एक गोल फर्काएका थिए ।

भिल्लाका ओनानाले खेलको २८औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा डुरानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

खेलको ७३औँ मिनेटमा एस्टन भिल्लाका बोनानोट्टेले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि थप कुनै गोल नहुँदा एस्टन भिल्ल २–१ गोलले विजयी भयो ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको एस्टन भिल्ला अंक तालिकाको छैटौँ स्थानमा छ । एक अंक भएको लेस्टर सिटी १५औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ७ : ५४ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा