म्यानचेस्टर सिटीको लगातार तेस्रो जित, हाल्यान्डको ह्याट्रिक « Khabarhub

म्यानचेस्टर सिटीको लगातार तेस्रो जित, हाल्यान्डको ह्याट्रिक


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्ट सिटीले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटीले तेस्रो जित निकालेको हो ।

सिटीका लागि एर्लिङ हाल्यान्डले ह्याट्रिक गरेका थिए भने वेस्टह्यामलाई एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । सिटीका रुवेन डायसले आत्मघाती गोल गरेका थिए ।

सिटीका हाल्यान्डले खेलको १०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर सिटीका डायसले १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

त्यसपछि हालान्डले ३०औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिकसहित सिटीलाई ३–१ गोलको जित दिलाए ।

यो जितसँगै म्यानचेस्टर सिटी तीन खेलबाट ९ अंकसहित तालिकाको शीर्षस्थानमा छ । पराजित भएको वेस्टह्याम ३ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ९ : २० बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा