एक करोड लागतमा वडा भवनको निर्माण शुरु « Khabarhub

एक करोड लागतमा वडा भवनको निर्माण शुरु


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका वडा ४ को भवन निर्माण कार्य सुरु भएको छ । मेयर रिना कुमारी साहको पहलमा वडा ४ को कार्यालय प्रयोजनको लागि दुई तले भवनको निर्माण कार्य प्रारम्भ भएको हो ।

मेयर साहले एक समारोहकाबीच उक्त भवन निर्माणका लागि  शिलान्यास गरेकी थिइन् । करिब १ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको ठेक्का एनएम कन्स्ट्रक्सन सर्लाहीले जिम्मा पाएको छ ।

उक्त भवनको  निर्माण कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने सम्झौता भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।

भवन निर्माण पछि वडा ४ को सम्पूर्ण सेवा त्यहीँबाट प्रवाह हुने बताइएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १ : ५० बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली