एक करोड लागतमा वडा भवनको निर्माण शुरु « Khabarhub

एक करोड लागतमा वडा भवनको निर्माण शुरु


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका वडा ४ को भवन निर्माण कार्य सुरु भएको छ । मेयर रिना कुमारी साहको पहलमा वडा ४ को कार्यालय प्रयोजनको लागि दुई तले भवनको निर्माण कार्य प्रारम्भ भएको हो ।

मेयर साहले एक समारोहकाबीच उक्त भवन निर्माणका लागि  शिलान्यास गरेकी थिइन् । करिब १ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको ठेक्का एनएम कन्स्ट्रक्सन सर्लाहीले जिम्मा पाएको छ ।

उक्त भवनको  निर्माण कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने सम्झौता भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।

भवन निर्माण पछि वडा ४ को सम्पूर्ण सेवा त्यहीँबाट प्रवाह हुने बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ५० बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ